सबै दोषी पक्राउ पर्नुपर्नेमा हर्क साम्पाङको जोड

विराटनगर— श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले जेनजी आन्दोलनबारे गठित कार्की आयोगको प्रतिवेदन निष्पक्ष रूपमा कार्यान्वयन गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले आन्दोलनका नाममा भएका उच्छृङ्खल गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्। साम्पाङले डिस्कर्ड जस्ता माध्यमबाट योजना बनाएर विद्यार्थीलाई स्कुल ड्रेसमै आन्दोलनमा उतार्ने,…