काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा चैत्र १२ गते अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।
रास्वपा स्रोतका अनुसार यस बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गर्नेछ।
बैठकमा पार्टीको आन्तरिक रणनीति र आगामी राजनीतिक कदमबारे पनि छलफल हुने बताइएको छ।
सरकार गठन गरेपछि तीव्र गतिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया