तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा

बुटवल । लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ। लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा…