बालेन बने रास्वपा संसदीय दलको नेता

बालेन बने रास्वपा संसदीय दलको नेता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको हो । बालेन दलको नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।

शाहले भोलि नै प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।