आज रास्वपाको बैठक, बालेन संसदीय दलको नेता चयन हुँदै

आज रास्वपाको बैठक, बालेन संसदीय दलको नेता चयन हुँदै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।

नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ ।

संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ ९१० बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।