काठमाडौँ । संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो सक्रियता बढाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधानविद् र कानुन क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै कार्यदलले संशोधनका सम्भावित एजेन्डाहरूमाथि मन्थन गरेको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले आयोजना गरेको उक्त छलफलमा संविधानका आधारभूत संरचना, शासकीय स्वरूप…