काठमाडौँ, वैशाख १४ । नयाँ वर्ष २०८३ को पावन अवसरमा गोकर्णेश्वर नगरपालिकामा ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा गोकर्णेश्वर–४ स्थित हनुमान चोकमा आगामी वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म महोत्सव संचालन हुन लागेको हो।
महोत्सवको मुख्य उद्देश्य उपभोक्तालाई एकै थलोमा दैनिक उपभोग्य सामग्रीहरू सहुलियत मूल्यमा उपलब्ध गराउनु र स्थानीय प्रतिभाहरूको पहिचान एवं प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ।
महोत्सवका मुख्य आकर्षणहरू:
प्रदर्शनी: औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल्स, विद्युतीय उपकरण, कृषि औजार र लत्ताकपडाका १२० वटा स्टलहरू।
मनोरञ्जन: एसियाकै उत्कृष्ट बाल उद्यान, रोटे पिङ, ड्रागन, ट्रेन, रेन्जर र ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’।
कलाकारहरूको प्रस्तुति: दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक बेजोड प्रस्तुति।
विशेष आकर्षण: महोत्सवको मुख्य प्रवेशद्वार ‘लण्डन ब्रिज’ को स्वरूपमा निर्माण गरिनेछ।
स्थानीय र महिला उद्यमीलाई विशेष सहुलियत
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीहरूका लागि विशेष प्राथमिकता दिइएको छ। गोकर्णेश्वर नगरपालिकाबाट सिफारिस भई आउने स्थानीय सीप, कला र उत्पादनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
प्रवेश शुल्क र सहुलियत
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीहरूका लागि (परिचयपत्रको आधारमा) ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। यस्तै, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ।
विशेष कन्सर्ट: महोत्सवको अन्तिम दिनहरू जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना हुने र सो अवधिमा प्रवेश शुल्कमा हेरफेर हुनसक्ने आयोजकले जनाएको छ।
करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलाले स्थानीय अर्थतन्त्र र पर्यटनमा ठूलो टेवा पुऱ्याउने विश्वास गरिएको छ।
वैशाख २४ देखि ‘तेस्रो औद्योगिक तथा व्यापार महोत्सव’ हुने

प्रतिक्रिया