भक्तपुर । लामो समयदेखि यातायात कार्यालयहरूमा रहेको स्मार्ट लाइसेन्सको व्याकलग छापिन बाँकी हटाउने अभियानमा भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले उल्लेख्य सफलता हात पारेको छ।
राधेराधे कार्यालयले पछिल्लो ६ महिनामा मात्रै १ लाख ७५ हजारभन्दा बढी सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको हो।
सेवाग्राहीलाई राहतः ६ महिनाको रिपोर्ट कार्ड
लाइसेन्स कुर्नुपर्ने बाध्यता अन्त्य गर्न कार्यालयले कर्मचारी र समय व्यवस्थापनमा कडाइ गरेपछि वितरणको संख्यामा वृद्धि भएको हो। कार्यालयका अनुसार
कुल वितरणः पछिल्लो ६ महिनामा १ लाख ७६ हजार थान लाइसेन्स वितरण।
दैनिक औसतः औसतमा दैनिक १ हजारदेखि १ हजार ५०० सम्म लाइसेन्स वितरण भइरहेको।
पुरानो रेकर्डः यसअघि छपाई भएर आएका तर वितरण हुन नसकेका हजारौँ लाइसेन्स अहिले धमाधम सेवाग्राहीको हातमा पुग्दैछन्।
वितरणमा तीव्रता दिनुका मुख्य कारण
कार्यालयका अधिकारीहरूले वितरण प्रक्रियालाई चुस्त बनाउन केही सुधार गरिएको बताएका छन् ।
समय थपः
सेवाग्राहीको चापलाई मध्यनजर गर्दै वितरण काउन्टरहरूलाई बिहानैदेखि सक्रिय बनाइएको।
प्राविधिक सुधार
अनलाइन प्रणालीमार्फत विवरण रुजु गर्ने प्रक्रियालाई छिटो छरितो पारिएको।
सूचना प्रवाह
लाइसेन्स लिन आउनका लागि सेवाग्राहीलाई विभिन्न माध्यमबाट सूचित गर्ने कार्य।
अझै पनि चुनौती कायमै
१ लाख ७६ हजार लाइसेन्स वितरण गरेर ठूलो उपलब्धि हासिल गरे पनि राधेराधे कार्यालयमा अझै केही चुनौतीहरू बाँकी नै छन्। विशेषगरी विभागबाट कार्ड छपाइमा हुने ढिलाइले गर्दा नयाँ लाइसेन्स लिनेहरूले अझै पनि केही समय कुर्नुपर्ने अवस्था छ। यद्यपि, कार्यालयमा प्राप्त भइसकेका कार्डहरू वितरण गर्न भने अब कुनै ढिलाइ नहुने कार्यालयको दाबी छ।
हाम्रो लक्ष्य भनेको कार्यालयमा कार्ड आइपुग्ने बित्तिकै सेवाग्राहीले पाउन् भन्ने हो। ६ महिनाको यो तथ्यांकले हाम्रो कार्यसम्पादनमा आएको सुधारलाई पुष्टि गर्छ, कार्यालयका एक अधिकृतले बताए।



प्रतिक्रिया