भक्तपुर ।भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/८३’ जारी छ । ‘नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको स्रोत’ भन्ने मूल नाराका साथ आयोजना भैरहेको यो महोत्सव चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
सांगीतिक आकर्षण र कलाकारहरू
महोत्सवको विशेष आकर्षणको रूपमा २०८३ बैशाख ७ गते चर्चित ‘लालीबजार टिम’ ले आफ्नो प्रस्तुति दिने निश्चित भएको छ। उक्त दिन लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का को समेत विशेष उपस्थिति रहने आयोजकले जनाएका छन्।
महोत्सवमा सांगीतिक मनोरञ्जनका साथै पछिल्लो समय निकै चर्चामा रहेको गीत ‘मायालाई के दिउँ म बैना’ का गायक खेम सेन्चुरी र गायिका दीपिका बयम्बु मगरका प्रस्तुतिहरू समेत रहने छ।
महोत्सवको उद्देश्य र आयोजक
स्थानीय उत्पादन, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवको मुख्य आयोजक औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्ड रहेका छन्।
भक्तपुरको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको यस मेलामा औद्योगिक प्रदर्शनी, कृषिजन्य सामग्रीका स्टलहरू, सांस्कृतिक कार्यक्रम र व्यापारिक गतिविधिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यो महोत्सवले आन्तरिक पर्यटनमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया