एसीसी प्रिमियर कप : नेपालले हङकङलाई ८ विकेटले हरायो

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङलाई ८ विकेटले हराएको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत हात पारेको हो । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै…