काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर खेल गराइने भएको छ । नेपाल र हङकङबिचको खेल १८ ओभरको हुनेछ । खेल केहि छिनमा सुरु हुनेछ ।
नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।



प्रतिक्रिया