एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल


काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग दोस्रो खेल खेल्दै छ । ओमानमा जारी प्रतियोगितामा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

यसैबीच, एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पूरा गरेको थियो ।