काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत पाएका हुन् ।
‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गरेको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’
लुम्बिनी प्रदेश सभाको अर्को बैठक आउँदो २ वैशाखको दिउँसो १ बजे बस्नेछ ।



प्रतिक्रिया