एसीसी प्रिमियर कप : आज मलेसियाविरुद्ध भिड्दै नेपाल

एसीसी प्रिमियर कप : आज मलेसियाविरुद्ध भिड्दै नेपाल


काठमाडौं । एसीसी प्रिमयर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । दिउँसो सवा ४ बजेदेखि सुरु हुने खेलमा नेपाल मलेसियाविरुद्ध भिड्ने भएको छ ।

१० देश सहभागी प्रतियोगिताको उपाधि रक्षा गर्दै एसिया कपमा पुग्ने नेपालको लक्ष्य रहनेछ । नेपालसहित बहराइन, कम्बोडिया, हङकङ, कुवेत, मलेसिया, ओमन, कतार, साउदी अरबेया र यूएईबीच खेल हुँदै छ ।

त्यसमध्ये समूह ए मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र हङकङ रहेका छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्दै छ । त्यस्तै अप्रिल १५ मा नेपाल र हङकङबीच खेल हुनेछ । १७ अप्रिलमा साउदी अरेबिया र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा छन् ।