भक्तपुर – भक्तपुरको सल्लाघारीमा जारी ‘१०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२र८३’ को दोस्रो दिन भोलि चैत २७ गते चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्। नयाँ वर्ष र बिस्का जात्राको अवसरमा आयोजित यस महोत्सवको विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत भोलि नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित नामहरूको उपस्थिति रहने आयोजकले जनाएका…