भक्तपुर – नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरको सल्लाघारीमा ‘१०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा सञ्चालित यो महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा आयोजना गरिएको हो। बिहीबार आयोजित उद्घाटन समारोहसँगै महोत्सव अवलोकनका लागि सर्वसाधारणको उपस्थिति बढ्न थालेको छ। महोत्सवको विशेष आर्कषण लण्डन वृज राखिएको छ । लण्डन वृजमा र्दशक तथा अवलोकन कर्ताले असाध्यै राम्रो दृश्य कैद गर्न सकिने विश्वास लिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले क्षेत्रीले यस्तो महोत्सवले सबै व्यबसायी, उद्योग क्षेत्रलाई मजवुद बनाउने भन्दै आयोजकलाई धन्यवाद प्रदान गर्नुभयो । उहाँले यस्ता महोतसवले आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवका संयोजक दीपक थापाले आजबाट सुरु भएको महोत्वसमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । यो महोत्सव मात्रै नभई भक्तपुरको एउटा उत्सवनै रहेको बताउनुभयो ।
यस्तै औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्वागत गर्दै सभ्य अनि भब्य रुपमा यो महोत्सव सफल पार्न सबैको पहल आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालकै इतिहासमा ठुला झुला खेलौना प्रर्दन गरिने बताउनुभयो । नेपालका ख्याती प्राप्त कलाकारहरुले सांगितिक प्रस्तुती दिने जानकारी दिनुभयो ।


महोत्सवका मुख्य विशेषताहरूः
विविध प्रदर्शनीः महोत्सवमा कृषि, हस्तकला, लत्ताकपडा, जुत्ताचप्पल, र खाद्यान्नका १८० भन्दा बढी स्टलहरू राखिएका छन्।
मनोरञ्जनः बालबालिकाका लागि झुला, सर्कस र जादुका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।
विशेष आकर्षणः यस वर्ष महोत्सवमा लन्डन ब्रिज को आकृति निर्माण गरिएको छ, जुन आगन्तुकका लागि सेल्फी र फोटो खिच्ने मुख्य केन्द्र बनेको छ।
छुटको व्यवस्थाः सामान खरिदमा उपभोक्तालाई २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्।
आर्थिक र पर्यटकीय लक्ष्यः
चैत २६ गतेदेखि वैशाख ७ गतेसम्म संचालन हुने यस महोत्सवमा करिब २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। भक्तपुरको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्न यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।









प्रतिक्रिया