बुढानीलकण्ठ नगरपालिकामा सहकारी दर्पण विमोचन तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नगरपालिकामा सहकारी दर्पण विमोचन तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

संगिता अधिकारी

बुढानीलकण्ठ, काठमाडौँ । ६९ औँ राष्ट्रिय सहकारी दिवसको विशेष अवसर पारेर बुढानीलकण्ठ नगरपालिकाले एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको कार्याक्रम भब्य रुपमा सम्पन्न भएको छ। उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा बुढानीलकण्ठ सहकारी दर्पण २०८२ को औपचारिक विमोचन गरि कार्याक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका मुख्य केन्द्रबिन्दुहरूः
बजेट तथा नीति कार्यक्रमस् कार्यक्रममा आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रमका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट रचनात्मक सुझावहरू संकलन गरिएको थियो।  स्थानीय तहमा सहकारीमार्फत आर्थिक पारदर्शिता र उद्यमशीलता विकास गर्ने उद्देश्यले यो कार्यक्रम प्रभावकारी रहने बताइएको छ।बुढानीलकण्ठ नगर सहकारी समन्वय समितिको समन्वय र नगरपालिकाको सहकारी शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका अधिकृत अच्युत खड्काले सहकारीलाई ब्यबस्थित र विश्वसनिय बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । उहाँले नगरपालिकामा सुचिकृत सहकारीलाई प्रभावकारी रुपमा अगाडी बढाउन के गर्नुपर्छ त्यो कार्य गर्न नगरपालिका तत्पर रहेको समेत बताउनुभयो । सहकारीमा दक्ष जनशक्ति उत्पादन गरि पठाउन परे नगरपालिकाले नै तालिमको ब्यबस्था गर्ने पनि बताउनु भयो । तालिम लिइएका जनशक्तिलाई हरेक सहकारीले जागिरको सुनिश्चिता गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

यस्तै नगर प्रमुख मिठठाराम अधिकारीले पछिल्लो समय सहकारी माथी सेवाग्राहीको विश्वास घटिरहेका बेला यसको विश्वास बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रत्येक सहकारीलाई विश्वासको दायरामा ल्याउन आवश्यक रहेको भन्दै सहकारीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले सहकारी आफैंमा विश्वासिलो र भरपर्दो निकाय हुनुपर्ने र सोहि अनुरुप कार्य गर्न लगानीकर्तालाई सुझाउनुभयो । लगानीकर्ताले उहाँले सेवाग्राहीको भावना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ बाट धिमेबाजा सहित प्रभातफेरी कार्याक्रमको सुरुवात भई नगरकालिकाको सभाहलमा परिणत भएको थियो । नगरपािलका भित्रका सयौ सहकारी आफ्नो ब्यानर सहित उपस्थित भएका थिए ।

यस कार्यक्रमले नगरपालिकाको आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्न र सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।