भक्तपुर – भक्तपुरको सल्लाघारीमा जारी ‘१०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२र८३’ को दोस्रो दिन भोलि चैत २७ गते चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।
नयाँ वर्ष र बिस्का जात्राको अवसरमा आयोजित यस महोत्सवको विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत भोलि नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित नामहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्।
भोलिका मुख्य कलाकारहरूः
भोलि चैत २७ गते मञ्चमा निम्न कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिलाउनेछन्ः
भोजराज काफ्ले
बिन्दु परियार
शशि शेखर बुढाथोकी
धावा तामाङ
रमेश श्रेष्ठ
महोत्सव आयोजक समितिका अनुसार, व्यापारिक गतिविधिसँगै आगन्तुकहरूलाई भरपुर मनोरञ्जन दिनका लागि हरेक दिन ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको छ। नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको स्रोतू भन्ने मूल नाराका साथ सञ्चालित यो महोत्सव आगामी वैशाख ६ गतेसम्म चल्नेछ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा भइरहेको यो महोत्सवमा कृषि, व्यापार र पर्यटनको प्रवर्द्धनका साथै स्थानीय कला(संस्कृतिलाई पनि विशेष प्राथमिकता दिइएको छ।



प्रतिक्रिया