डा. भट्ट योजना आयोगको उपाध्यक्ष नियुक्त

डा. भट्ट योजना आयोगको उपाध्यक्ष नियुक्त


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैँकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र आपूर्तिमा देखिएको चापलाई सम्बोधन गर्न विशेष प्याकेज घोषणा गरेको छ । पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पछिल्लो १५ दिनमा मात्रै नेपाल आयल निगम ११ अर्ब रुपियाँभन्दा बढी घाटामा गएकाले मूल्य समायोजन र कर छुटको बाटो अपनाउनुपरेको सरकारले जनाएको छ ।