काठमाडौं। नेपालका लागि गर्वको विषय बनेको छ—Vision Concern नामक आँखासम्बन्धी क्लिनिक अब अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ। लाजिम्पाट, बौद्ध–तुषाल र मकालबारीमा अवस्थित यस ISO प्रमाणित क्लिनिक हालै बेलायतस्थित International Opticians Association सँग आधिकारिक रूपमा आबद्ध भएको छ।
यससँगै Vision Concern नेपालबाट युरोपको अन्तर्राष्ट्रिय फोरममा प्रतिनिधित्व गर्ने पहिलो र एकमात्र आँखाको क्लिनिक बनेको छ। यो उपलब्धिले नेपालको स्वास्थ्य सेवा क्षेत्र, विशेषगरी नेत्र उपचार सेवामा महत्वपूर्ण उपलब्धि थपेको छ।
Vision Concern ले विगत दुई दशकदेखि नेपालमा गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ। अनुभवी विशेषज्ञ र आधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीलाई उत्कृष्ट सेवा दिँदै आएको यस संस्थाले सन् २०१८ मा आयरल्याण्डबाट “Best Patient Service Award” समेत प्राप्त गरेको थियो।
त्यसैगरी, यस क्लिनिकले नेपाली उपभोक्ताहरूलाई पछिल्ला २० वर्षदेखि उच्चस्तरीय तथा विशेष प्रकारका अप्टिकल उत्पादनहरू पनि उपलब्ध गराउँदै आएको छ। गुणस्तर, विश्वसनीयता र सेवामा निरन्तर सुधार गर्दै आएको Vision Concern ले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया