काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ।
जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको संवैधानिक दायित्वअनुसार मन्त्रालयले मार्गदर्शन तयार गरी सबै सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको मन्त्रालयले जनाएको छ।
योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले विभिन्न विश्लेषणपछि स्रोत अनुमान प्रतिवेदन पेश गरेको र सोहीअनुसार बजेट लेखनको कार्य अघि बढ्न लागेको हो।
आगामी वर्षको बजेटमा मुख्यतः आर्थिक अनुशासन र खर्चमा मितव्ययितामा जोड दिइनेछ। मन्त्रालयहरूले आयोजना प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र प्रोजेक्ट बैंकमा सूचीकृत आयोजना मात्र बजेटमा समावेश गर्ने गरी मार्गदर्शन तयार गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटले लिनुपर्ने प्राथमिकताका विषयवस्तु समेटिएको छ। मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रस्ताव गर्दा सतर्क र संवेदनशील हुन आवश्यक छ। स्रोत अनुमान समितिले राजश्व र वैदेशिक सहयोगको आकलन गरी स्रोत निर्धारण गरेको छ र मन्त्रालयहरूलाई सिलिङ पठाइसकिएको छ।



प्रतिक्रिया