भक्तपुर – नयाँ वर्ष २०८३ तथा ऐतिहासिक बिस्का जात्राको अवसरमा भक्तपुरको सल्लाघारीस्थित 'तिनकुने' खुल्ला मैदानमा दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव भव्य रूपमा चलिरहेको छ। "नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको स्रोत" भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महोत्सव चैत्र २६ गतेदेखि सुरु भई आगामी वैशाख ६ गतेसम्म चल्नेछ।…