काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।
अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजेदेखि शुरु भएको प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिएको हो ।
रास्वपाका सभापति रवि लामिछाने अर्यालको उम्मेदवारीका प्रस्तावक थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक थिए ।



प्रतिक्रिया