बच्चालाई पोलियो थोपा खुवाउनु किन जरुरी छ ? (भिडियो सहित)

बच्चालाई पोलियो थोपा खुवाउनु किन जरुरी छ ? (भिडियो सहित)


काठमाडौं । विगत १४ बर्षअघि देखि अर्थात् २०६७ भदौ १४ देखि नेपालमा पलियोको कुनै पनि बिरामी देखिएका थिएनन् । तर  २०८१ साल जेठ १३ गते काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा स्वरूप परिवर्तित भएको पोलियो भाइरस भेटियो । पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका ५ बर्ष मुनिका बालबालिकालाई यहि साउन ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भइसकेको छ ।

साथ साथै समुदायमा समेतमा समेत पोलियो रोगको संक्रमण भए नभएको सुनिश्चित गर्नको लागि निगरानी कार्यलाई पनि थप तिब्रता दिईएको छ ।

बच्चालाई पोलियो  थोपा खुवाउनु किन जरुरी छ ? कति बर्षमुनिका बालबालिकालाई किन पोलियोको खोप लगाउने ? लगायत विविध विषयमा डा. विवेक कुमारलाल सँग संगिता अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :