कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक यात्रा गर्दा टिकटमा विशेष छुट

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहक यात्रा गर्दा टिकटमा विशेष छुट


काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू ९बुवा, आमा, श्रीमती र छोरा÷छोरी०को लागि कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड साथमा लानुपर्नेछ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरूमार्फत् आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।