सिपाडोल, भक्तपुरसूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ। स्थानीय बासिन्दाहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यस अत्याधुनिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन: कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश का स्वाथ्यमन्त्री किरण थापा तथा बिशेष अतिथि सुर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापा द्वारा सम्युक्त रुपमा रिवन काटेर नया भवनको उद्घाटन गर्नुभएको थियो
कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सम्पुर्ण वडाबासी नागरिकलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाले स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरिरहेको बताउनुभयो ।
नगरपालिकाले यस वडाको स्वास्थ्यचौकी निर्माण का लागि रु १० लाख सहयोग दिइएको उल्लेख गर्नुभयो । सुर्यविनायक नगरपालिका ले अब बिकास काम गर्न बाकी सिमित मात्रामा रहेको बताउनुभयो । नागरिकका गुनासा दुखेसालाई सम्बोधन गर्दै लैजाने बताउनुभयो ।
स्वास्थ्य नागरिक नै समृद्ध समाजको आधार भएको बताउनुभयो। नगरपालिकाले स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको र आगामी दिनमा यस स्वास्थ्य चौकीलाई आवश्यक उपकरण र जनशक्ति थप गर्दै लगिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा ले नागरिककको स्वास्थ्यनै सबैभन्दा महत्त्वपूर्ण बिषय भएको बताउनुभयो ।उहाकै पहलमा यो स्वास्थ्यचौकी बन्न सफल रहेको स्मरण गर्नुभयो ।
आफु स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्यको क्षेत्र मा निकै नै सुधार गरेको र अहिले सबैभन्दा उत्कृष्ट आफ्नो क्षेत्र रहेको बताउनुभयो । मन्त्री किरण थापाको पहलमा नै प्रदेश सरकारबाट बजेट निकासा गरिएपछि उक्त भवन थप गरि निर्माण गरिएको हो।

यस्तै उप-प्रमुख, सरिता तिमिल्सिना भटटराईले आजको दिन निकै महत्वपुर्ण रहेको बताउनुभयो । किनकी आम ८ नम्बर वडाका वडाबासी नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्नुभयो ।
महिलाका लागि नगरपालिकाले धेरै सेवा सुविधा दिइरहेको भन्दै सेवा लिन सकिने बताउनुभयो । महिलाको पाठेघरको क्यान्सर , स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने र गरिरहेको बताउनुभयो ।

कार्यक्रमलाई समापन तथा सम्बोधन गर्दै वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले आज यो स्वास्थ्यचौकी भवन उद्घाटन गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो । नागरिकको सेवामा सदैव खटिइरहेको उल्लेख गर्नुभयो ।
पुर्वाधार बिकास नै आजको आवश्यकता भएको भन्दै ब्यक्ति केन्दित नहुदा केहि ब्यक्ति खुशी पार्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । सबैको सहयोग सहकार्यमा सिपाडोल स्वास्थ्यचौकीको भवन उद्घाटन गर्न सफल भएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमा स्थानीय समाजसेवी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको , बुद्दिजिवि ,पत्रकार विभिन्न पदमा रहेका ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्वास्थ्य सेवामा नयाँ फड्को मार्दै सुर्यविनायक नगरपालिका
विगत लामो समयदेखि साँघुरो स्थानबाट सेवा प्रवाह गर्दै आएको सिपाडोल स्वास्थ्य चौकी अब आफ्नै नयाँ र फराकिलो भवनमा सरेको छ। यसबाट सिपाडोल र आसपासका क्षेत्रका नागरिकहरूले थप व्यवस्थित रूपमा प्राथमिक स्वास्थ्य उपचार, खोप सेवा, र परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
नयाँ भवन निर्माणसँगै स्थानीयहरू निकै हर्षित देखिएका छन् र अब सामान्य उपचारका लागि टाढाका अस्पतालसम्म धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास लिइएको छ।




प्रतिक्रिया