काठमाडौँ । प्रभु बैङ्क लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष श्री लीला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे ।
सो कार्यक्रम शुभकामना मन्तव्य दिँदै उहाँले प्रभु बैङ्कको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबार सङ्ग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकास आफ्नो तर्फ बाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।
सोही कार्यक्रमका विशेष अतिथि प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिँदै ब्रोकर कम्पनीको रूपमा स्थापित यस संस्थाले धितो पत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बुद्ध नगर – १०, नयाँबानेश्वर काठमाडौँ केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २०,००,००,०००.०० (अक्षरेपि बिस करोड मात्र) रहेको छ ।



प्रतिक्रिया