सुदिप अर्याल द्धारा रचित गजल ‘थोत्रो जहाज नकिन्नुमै देशको हित छ हेर’
हे भगवान् कालको यस्तै रित छ हेर
मरेको समाचार लेखेरै ऊ जीवित छ हेर
न कसैले मारेको हो न आफैं मरेको हो
यहाँ बोल्न भन्दा नबोल्न उचित छ हेर
एक्कासी लड्यो साथी टुलुटुलु हेरिरह्यो
अब मैले भन्नुपर्छ डरको अघि जीत छ हेर
भुइमान्छे बन्छु बरु गोरेटो बाटो हिड्छु
थोत्रो जहाज नकिन्नुमै देशको हित छ हेर
कसैले साथ नदिएनी टुप्लुक्क ऊ आउँछ नै
मृत्युमात्रै सबैभन्दा नजिकैको मित छ हेर
प्रतिक्रिया