वरिष्ठ पत्रकार चन्द्रकिशोर र डा. सन्दुकलाई ‘कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार’ प्रदान गरिने

वरिष्ठ पत्रकार चन्द्रकिशोर र डा. सन्दुकलाई ‘कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार’ प्रदान गरिने


काठमाडौं । यस वर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर र डा. सन्दुक रुइतलाई प्रदान गरिँदैछ। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रत्येक वर्ष श्रावण ११ गते आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यक्तिलाई यो पुरस्कार प्रदान गर्दै आएको गुठीका अध्यक्ष प्रा।डा। सुरेशराज शर्माले जानकारी दिए।

जसअनुसार यसपटक वरिष्ठ पत्रकार चन्द्रकिशोर र डा। रुइत जनही २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित पुरस्कृत तथा सम्मानित हुने भएका हुन्। उक्त पुरस्कार यही श्रावण ११ गते दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा प्रदान गरिने गुठीले जनाएको छ।

असार २१ गते भएको गुठीको निर्णयअनुसार आफ्नो नियमित स्तम्भ लेखनका साथै पत्रपत्रिकाहरूमामा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरूलाई उठाई विश्लेषणात्मक रुपमा व्यक्त गरेको विचार सराहनीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरूको स्वास्थ्य, शिक्षा, जातीय विभेद, छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटीहरूलाई औंल्याउँदै आलोचनात्मक विश्लेषण र सुझाव सहितको सामाग्री सृजना गर्दै आएका छन्।

यस्तै वरिष्ठ चितित्सकसमेत रहेका रुइत तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धतिका सुरुवातकर्ता पनि हुन। उनले आफैँले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्।