कर्णालीका चिकित्सक वीर अस्पताल आउन चाहन्छन् तर कर्णालीमा बस्न रुचाउदैनन् : स्वाश्यमन्त्री पौडेल

कर्णालीका चिकित्सक वीर अस्पताल आउन चाहन्छन् तर कर्णालीमा बस्न रुचाउदैनन् : स्वाश्यमन्त्री पौडेल


काठमाडौं । स्वाश्यमन्त्री प्रदिप पौडेलले कर्णालीका चिकित्सक वीर अस्पताल आउन चाहने तर कर्णालीमा बस्न नरुचाउने गरेको बताउनु भएको छ ।

स्वास्थ्य सेवा विभागमा टेकुमा सञ्चालित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको पाठ्क्रम सम्बन्धि विकास गोष्ठि बिषयक एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । मेडिकल शिक्षाले हाम्रो आवश्यकता पुरा गर्न सक्ने शिक्षाको आवश्यकता रहेको उहाँले  बताउनुभयो । संस्थाको विकास कसरी गर्न सकिन्छ त्यसतर्फ केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । नयाँ सस्था खोल्ने कुरा आवस्यकता नहरेको बताउनुभयो । पढ्न जाने ठाउँ कर्णाली हो । कर्णाली किन आकर्षकको केन्द्रबिन्दु बन्न सकिरहेको छैन भन्दै उहाँले प्रश्न गर्नुभयो ।  । म चपेटामा छु, पास र फेल हुने भन्ने परिश्रमा छु । चिकित्सक शिक्षा आयोग सङ मिलेर काम गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै विद्यार्थीको लागि होस्टेल सम्म नभएको गुनासो प्रतिष्ठानका निर्देशक पुजन कुमार रोक्काले गर्नुभयो । । प्रा.डा. रमेश कान्त अधिकारीले स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो नजिजामुलक काम गरिरहेको बताउनुभयो । स्वास्थ मन्त्रालयका सचिव रोशन पोख्रेलले जुम्लालाई दुर्गम होइन सुगम भन्नू पर्ने बताउनुभयो । बाटो मात्र दुर्गम रहेको र अरु स्वास्थ्य कुरामा सुगम रहेको बताउनुभयो। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनी कुमार झा ले विद्यालयहरुले नसक्ने कामको पछि नलाग्नु र सक्ने काम मात्र लाग्नुपर्ने बताउनुभयो । अरुको नक्कल नगर्नु र जहाँ समस्या छ त्यहिको समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारको जुनसुकै छात्रवृत्ति पाएको छ त्यसमा दुरुपयोग गर्न नमिल्ने बताउनुभयो । युनिभर्सिटी खोलिसकेपछी जहाँ पायो त्यही सम्बधन दिएको छ भन्दै आपत्ति जनाउनुभयो । जहाँ सुन सस्था खोल्यो त्यही कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो। काठमाडौ बाट विज्ञहरु लान सक्नु पर्ने आवश्यकता औल्याउनुभयो।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान स्वास्थ्य विमा गर्ने दोश्रो स्थानमा परेको छ । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना भएको हो । यहाँ भारत बाट पनि पढ्न आउछन् । ३०० बेडको अस्पताल सन्चालनमा छ भने १०० भन्दा बढी बिधामा पढाइ हुने गरेको छ । कर्णालीमा विद्यार्थी मात्तृ मृत्यूदर घटाउन सफल छ । विकटमा मानिने कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जसले विकटका जनतालाई सेवा दिन सफल भएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । गुडेर जादा पनि उडेर जादा पनि कालिकोटको अवस्था नाजुक छ स्वास्थ्यको छेत्रमा एमआराई छैन यो चुनौती छ । विशेषज्ञहरु नपाउदा समस्या भएको छ। दक्ष चिकित्सक नहुदा अरु अस्पतालमा बिरामी रिफर गराउन अस्पताल बाध्य छ ।