काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दावी गरेका छन्।
आइतवार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताए।
उनले ५० लाखभन्दा बढी शेयर लगानीकर्ता संलग्न भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको बताए। उनले नेप्से २७ महिनायताकै उच्च भएको बताए।
उनले अब शेयर बजारमात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे। उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए।
‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ। ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको छ। नेप्से २७ महिनायताकै उच्च भएको छ‚’ उनले भने, ‘हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो। अब शेयर बजारमात्रै होइन‚ देशको पूरै बजार चलायमान हुनेछ। सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ। हामीले लामो अनुभव बटुलेका छौँ। २०७२ को महाभूकम्प पुनःनिर्माण गरेको अनुभव छ।’



प्रतिक्रिया