बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूको प्रदर्शन

बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूको प्रदर्शन


नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ ।

बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले विद्यार्थी हत्या बन्द गर, बंगलादेशका विद्यार्थीलाई समर्थन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीहरुमाथि भइरहेका दमन र हत्याको विरोध र आन्दोलनरत विद्यार्थी संगठनको पक्षमा समर्थन रहेको बताइन् ।