बिग एजुकेशन कन्सल्टेन्सीको नयाँ शाखा अब दाङको तुलसीपुरमा

बिग एजुकेशन कन्सल्टेन्सीको नयाँ शाखा अब दाङको तुलसीपुरमा


शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको बिग एजुकेशन कन्सल्टेन्सीको दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको बिग एजुकेशनले दाङको तुलसीपुरमा पाँचौं शाखाको रुपमा विस्तार गरेको हो ।वैदेशिक अध्ययनका लागि विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु विदेश जाने क्रम बढ्दै गएका कारण स्थानीय शहरबाटै शैक्षिक परामर्श दिने उदेश्यले दाङमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको विग एजुकेशनका सीईओ सुरज केसीले जानकारी दिए । ‘स्थानीय स्तरबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या ठूलो छ,’ उनले भने, ‘उनीहरुलाई आफ्नै शहरबाट विश्वसनीय शैक्षिक परामर्श दिन सके काठमाडौं नै धाउनु पर्दैन, हामी यो अभियान सुरु गरेका हौं ।’

विद्यार्थीको रुचीअनुसार विभिन्न मुलुकमा अध्ययनका लागि पठाउने गरिएकाले बिग एजुकेशनप्रति विद्यार्थीको आकर्षण बढ्दै गएका कारण देशका विभिन्न शहरमा शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको सिईओ केसीको भनाई छ ।

बिग एजुकेशनले काठमाडौंसहित पोखरा, कञ्चनपुर र नुवाकोटमा यसअघि नै शाखा विस्तार गरेसकेको छ । शाखाहरुबाट पनि जापान, कोरिया, अमेरीका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलियालगायत देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्शसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने विग एजुकेशनले जनाएको छ ।