काठमाडौं । राजधानीको ढलमा पोलीयोको भाइरस देखिएको छ । परिवार कल्याण महाशाखाले शुक्रबार ‘नेपालमा पोलियो रोगको अवस्थाबारे सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम’ आयोजना गरेकोमा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नमुना परीक्षणको नतिजाबारे बताउनुभएको हो।
जेठ १३ गते काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाको संगमबाट संकलित नमुना लिइएको थियो। प्रयोगशाला परीक्षणको नतिजा असार २९ गते आएको थियो। यसमा पोलियोको भाइरस देखा परेको हो। उक्त पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न भाइरस रहेको डा.गौतमले जानकारी दिनुभयो।
डा. गौतमका अनुसार पोलीयो भाइरस टुकुचा र बाग्मतीको ढलमा पोलीयोको परिवर्तित भाइरस देखिएको हो । नेपाल पोलियो मुक्त देश घोषणा भएको १४ वर्षपछि यो भाइरस भेटिनु चिन्ताको विषय भएको पनि डा.गौतमले बताउनु भयो।



प्रतिक्रिया