पूर्वप्रधानमन्त्री चन्द विरामी‚ उपचारका लागि वीरअस्पतालमा भर्ना

पूर्वप्रधानमन्त्री चन्द विरामी‚ उपचारका लागि वीरअस्पतालमा भर्ना


काठमाडौँ । राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरामी भएका छन्।

उनी विरामी भएको र वीर अस्पतालमा उपचाररत रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। चन्द राप्रपका संस्थापक नेता हुन्।

लिङदेनले उपचाररत चन्दको तस्वीरसहित सामाजिक सञ्जालमा ‘राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्वस्थ्य भई वीर अस्पतालमा उपचाररत हुनुहुन्छ।’ उहाँको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ उल्लेख गरेका छन्।