एक करोड ६७ लाखमा मेसिन, उपकरण र फर्निचर बेच्दै वीर अस्पताल

एक करोड ६७ लाखमा मेसिन, उपकरण र फर्निचर बेच्दै वीर अस्पताल


काठमाडौं । वीर अस्पतालले पुराना मेसिन, उपकरण र फर्निचर लगायतका सामान लिलाम गर्ने भएको छ। अस्पतालमा पुराना मेसिन, उपकरण, फर्निचर तथा अन्य सामानहरूको भण्डारणमै समस्या आएपछि लिलाम गर्न लागेको हो।

उक्त समानहरूको न्यूनतम मूल्य भ्याट बाहेक १ करोड ६७ लाख ६६ हजार ८२४ कायम गरिएको बताइएको छ । जसमा बोलकबोल गरेको कूल जम्मा रकममा मूल्य अभिवृद्धि कर लाग्ने बताइएको छ।

वीर अस्पतालको भवन पछाडिपट्टी लामो समयदेखि पुराना सामाग्रीहरु थुप्रिएका छन्।