नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा शाक्य नियुक्त

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा शाक्य नियुक्त


काठमाडौं । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्।

नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन्।

नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो। यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का थिए।