आज ५९ अंकले बढ्यो नेप्से परिसूचक

आज ५९ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ६८ अंकले बढेको छ ।

यो सँगै परिसूचक २ हजार ४ सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।आज ३ सय १२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २ सय ३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्से इन्डेक्स २ दशमलव ५२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ३ दशमलव ९० प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ९६ प्रतिशत गिरावट आएको छ ।