आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।