दिनहुँ बढ्दै डेंगु सङ्क्रमित, देशभर १ हजार ४ सय ८३ जनामा डेंगु पुष्टि

दिनहुँ बढ्दै डेंगु सङ्क्रमित, देशभर १ हजार ४ सय ८३ जनामा डेंगु पुष्टि


काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो चार दिन (जुलाई ३ देखि ७) को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका हुन्

देशभर १ हजार ४ सय ८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई ३ मा १ हजार ४ सय ३२ डेंगु बिरामी थिए ।

हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित छ ।