मेष राशि
ठूला व्यक्तित्वबाट सरसहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। व्यापार व्यवसायमा सफलता भइने छ सामाजिक कार्यमा समय बित्ने देखिन्छ।
वृष राशि
मान सम्मान प्राप्त हुनेछ । रोकिएका कामहरू पूरा भएर जानेछन्। साझेदारी कार्यमा लाभ मिल्ने देखिन्छ। नोकरीमा पदोन्नति भएर जानेछ। मनमा उत्साह बढेर जाने देखिन्छ।
मिथुन राशि
व्यापार व्यवसायमा लाभ मिल्नेछ। धार्मिक कार्यमा सहभागिता भइने छ। शैक्षिक क्षेत्र कार्यमा सामान्य रहनेछ। अनावश्यक खर्चमा कमी आउनेछ जग्गा जमिनमा लाभ मिल्ने देखिन्छ।
कर्कट राशि
खर्चको मात्रा बढेर जानेछ। बोलीमा कठोरता आउनेछ। व्यापार व्यवसायमा हाँस आउनुका साथै झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। सजकताका साथ अगाडि बढ्नुहोला।
सिंह राशि
अधुरा काम पुरा हुनुका साथै नयाँ काम पाइने योग छ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको प्रशंसानीय भइनेछ। पारिवारिक सरसहयोग मिल्नेछ भने धार्मिक कार्यमा सहभागी भइनेछ।
कन्या राशि
व्यर्थैमा झै झगडाको सामना गर्नुपर्नेछ। आएमा कमी आउनेछ। विद्यामा बाधा आउनुका साथै पारिवारिक कलह बढेर जानेछ। प्रेमी प्रेमिका बीच केही मनमुटावको सिर्जना हुने देखिन्छ।
तुला राशि
धार्मिक क्षेत्रमा यात्रा गरिनेछ। अधुरा काम पूरा भएर जानेछन्। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। विद्याक्षेत्रमा सफल भइनेछ। आर्थिक पक्षबाट लाभ मिल्नेछ। मनमा खुसी छाउने छ।
वृश्चिक राशि
कार्यमा बाधा आउनुका साथै आएमा कमी आउने देखिन्छ। अध्ययन अध्यापनमा असफल भइनेछ। दाम्पत्य जीवनमा केही उतारचढाव आउने देखिन्छ। व्यापार व्यवसायमा कमी आउने देखिन्छ।
धनु राशि
शैक्षिक क्षेत्रमा उन्नति भएर जानेछ । आर्थिक क्षेत्रमा सुधार हुनेछ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। पारिवारिक सरसहयोग मिल्नाले मनमा खुसी छाउने छ। जग्गा जमिनबाट राम्रै आम्दानी हुने देखिन्छ।
मकर राशी
मानसिक नैरास्यता प्राप्त हुनेछ सेयर बजारमा केही गिरावट आउने देखिन्छ। स्थानान्तरणको योग आकस्मिक खर्चको मात्रा बढेर जानेछ। पारिवारिक कलह बढ्ने देखिन्छ।
कुम्भ राशि
खर्चको मात्रा बढेर जानेछ छुट्टा आरोपको सामना गर्नुपर्नेछ। लेनदेनमा विवाद आउनेछ। विद्यामा असफल भइनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। पारिवारिक कलह बढेर जानेछ।
मीन राशि
आध्यात्मिक क्षेत्रमा समय बित्नेछ । बोलीको प्रभाव बढेर जानेछ। अध्ययन अध्यापन क्षेत्रमा सफल हुनुका साथै नयाँ साथीको आगमनले मनमा खुसी छाउनेछ। जीवनमा सुधार भएर जानेछ।
ज्योतिष पंडित : प्रमोद भट्टराई
तपाईंको दिन मङ्गलमय रहोस् ।



प्रतिक्रिया