१.उम्मेदवारी फिर्ता र अन्तरपार्टी समर्थनपछि काठमाडौं–५ मा पोखरेलको जित सहज
२.विकासका कामको प्रभावः काठमाडौं–५ का मतदाता पुनः ईश्वर पोखरेलतर्फ आकर्षित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेकाहरुमध्ये एमालेका उम्मेदवार निकै अघि देखिएका छन् । एमालेले उम्मेदवार बनाएका ईश्वर पोखरेलप्रति मतदाताको आकर्षक बढ्दै गएको पाइएको छ ।
त्यस क्षेत्रका मतदाताले पनि यसपटक पोखरेललाई जिताएर पठाउनुपर्नेमा जोड दिएका छन् । “नयाँ भनिएकाको विश्वास छैन । यसअघि जिताएकाले पनि अपेक्षा पूरा गरेनन् । त्यसैले अब पोखरेलकै पालो हो ।” एक जना मतदाता सन्तोष न्यौपानेले भने ।
सन्तोषले जस्तै अर्जुन कार्कीले पनि पोखरेल जतिको अनुभवी र परिपक्व नेतालाई संसदमा पुर्याउनुपर्ने मत राख्छन् । उनी भन्छन्–“यो समय राष्ट्रियता जोगाउँदै विकास निर्माण अघि बढाउने हो, यसका लागि एमालेको विकल्प छैन ।”
जेनजी आन्दोलनको बहानामा खराब पात्रहरुले मुलुकमाथि गम्भीर आघात पुर्याएको बताउँदै अर्का मतदाता श्याम श्रेष्ठले पनि एमालेकै विजयीले अपेक्षा पूरा हुने बताए ।
केही दिनअघि मात्रै कोमल पौडेल (आम जनता पार्टी) ले काठमाडौं–५ बाट दिएको आफ्नो उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेल (नेकपा (एमाले)का उम्मेदवार) लाई समर्थन गर्ने घोषणा गरेकी थिइन् ।
राष्ट्रिय स्वाधीनता र जनसमस्याको सम्बोधन हुने अपेक्षासहित समर्थन गरेको पौडेलको भनाइ छ । पौडेलको समर्थनले करिब ३ हजार मत पोखरेलको पक्षमा थपिने अनुमान गरिएको छ ।
यही क्षेत्रमा २०७९ मा कांग्रेसका प्रदीप पौडेलले निर्वाचन जिते पनि जनअपेक्षा पूरा गर्न नसकेको स्थानीयको गुनासो छ । उनै पौडेल अहिले पनि उम्मेदवार छन् ।
रास्वपाले उम्मेदवार बनाएका सुस्मित पोखरेल पनि विवादित व्यक्ति हुन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन साहले पोखरेललाई सहयोगीका रुपमा राखेका थिए ।
यसरी हेर्दा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवारी स्थगन, अन्तरपार्टी समर्थन र पार्टी परित्यागजस्ता घटनाक्रमहरूले एमालेका उम्मेदवार पोखरेलको जित सहज हुने भएको छ ।
विगतमा ईश्वर पोखरेल विजयी हुँदा गरेका कामहरु ः
यसअघि २०७४ सालमा विजयी हुँदा पोखरेलले गरेका कामलाई जनताले अहिले पनि बिर्सेका छैनन् । काठमाडौं महानगरअन्तरगत गोरखनाथ मन्दिर, पञ्चधारा सत्तल, हाँडिगाउँस्थित सत्यनारायण मन्दिरको सत्तल, गहनापोखरीस्थित सत्तल निर्माण गरेका थिए ।
त्यसैगरी टुँडालदेवी मन्दिर र पार्क, चुनदेवी मन्दिर र सामुदायिक भवन र पार्क, पञ्चकुमारी मन्दिर, धुम्बाराही मन्दिरको पर्खाल निर्माण, धोविखोला करिडोर, सुकेधारामा खानेपानी व्यवस्थापन, चण्डोल क्लबको भवन पुनर्निर्माण, विशाल मिलनकेन्द्र भवन, प्याराफिट, बासकेटबल कोर्ट तथा पार्क पुननिर्माणलगायतका कार्य सम्पन्न भएको थियो ।
त्यसैगरी हाँडीगाउँ कोटालटोलस्थित त्रिशक्ति क्लबको भवन पुनर्निर्माण, कोटालटोलस्थित कोटागुठी घरको पुनर्निर्माण, हाँडीगाउँ ओरालोमा रहेको ढुंगेधारा पुनर्निर्माण, रुद्रमतिस्थित नमोबुद्ध विहारसँगैको पार्क निर्माण, भीमसेनथानस्थित भीमसेन मन्दिरको पर्खाल तथा सोही स्थानमा बासकेटबल कोर्ट निर्माण लगायतका काम पोखरेलको अघिल्लो कार्यकालमा सम्पन्न भइसकेको छ ।
वडा नम्बर २ को खुर्सानीटारमा खानेपानी व्यवस्थापन भएको छ । जसका कारण त्यस क्षेत्रका मतदाता पनि सन्तुष्ट छन् । सोही वडामा टुकुचा खोलाले डुबानको समस्या थियो । अहिले डुबानको समस्या समाधान भएको छ । ईश्वर पोखरेल रक्षा मन्त्री भएका बेला नेपाली सेनासँगको सहकार्यमा टुकुचा खोलाको बाँध भत्काएर निकास दिएपछि डुबानको आधा समस्या समाधान भएको हो । वडा नम्बर २ मा नै कैलाशचौरस्थित मन्दिर र पार्टी पुनर्निर्माण सम्पन्न भएको छ ।
संघमा ईश्वर पोखरेल र प्रदेशमा नारायण सिलवालले निर्वाचन जित्दा एउटै वडामा १३ वटा पार्क बनेको थियो ।
शंखपार्क, टुसाल पार्क, मनमोहन पार्क, धुम्बाराही पार्क, धनवन्तरी बाजे बज्यै पार्क, डीडी पार्क, नयाँ कोलनी पार्क, रारा पार्क, अन्नपूर्ण मार्ग पार्क, आनन्दमय टोयटा पार्क, शिवस्थली पार्क, कपन मार्ग पार्क र धुम्बाराही हाइट पार्क निर्माण सम्पन्न गरिएको हो ।



प्रतिक्रिया