मलेसिया | मलेसियाको राजधानी क्वालालम्पुरमा ‘Global Abacus and Vedic Maths 2026’ अन्तर्राष्ट्रिय च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ। भारत, नेपाल, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक र प्रेरणादायी मञ्च बनाएको थियो। अबाकस र वैदिक गणित शिक्षाको बढ्दो विश्वव्यापी प्रभावलाई उजागर गर्ने यस प्रतियोगितामा बालबालिकाहरूले असाधारण तीव्रता, एकाग्रता र शुद्धतासहित जटिल गणितीय प्रश्नहरू समाधान गर्दै दर्शक तथा अतिथिहरूलाई प्रभावित पारेका थिए।
उक्त प्रतियोगिता South Asian Development Bank Limited (बेलायत), Ray Foundation (भारत), Pacific Alliance Group (मलेसिया), Bal Bikas NCMAS Pvt. Ltd. (नेपाल), Raise Abacus तथा Gurushree Abacus & Vedic Maths को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा आधिकारिक मिडिया सपोर्ट Voice of Asia International News ले गरेको थियो। कार्यक्रमको अध्यक्षता South Asian Development Bank (SADB) का अध्यक्ष डा. जरिफ मेननले गरेका थिए। सम्बोधनका क्रममा उनले विद्यार्थीहरूले क्याल्कुलेटरभन्दा छिटो उत्तर निकालेर अद्भुत क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै अबाकस शिक्षाले गणितीय दक्षतासँगै उच्च एकाग्रता र आत्मविश्वास विकास गर्ने बताए।
प्रतियोगितामा नेपाली विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। Z2A लेभलमा Krishna Tamang (हिमश्रृंखला एकेडेमी, नेपाल) ले प्रथम स्थान हासिल गरेका छन् भने Z2B लेभलमा Rachana Tamang (हिमश्रृंखला एकेडेमी, नेपाल) ले पहिलो स्थान प्राप्त गर्दै नेपालको गौरव बढाएकी छन्। उनीहरूको यस सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विद्यार्थीहरूको बौद्धिक क्षमता र प्रतिस्पर्धात्मक दक्षतालाई थप उजागर गरेको छ।
यसैबीच हिमश्रृंखला एकेडेमीका प्रिन्सिपल नारायणभक्त श्रेष्ठले आफ्ना विद्यार्थीहरूको उपलब्धिप्रति गर्व व्यक्त गर्दै भने, “अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर प्रथम स्थान हासिल गर्नु केवल विद्यार्थीहरूको मात्र होइन, सम्पूर्ण विद्यालय परिवार र देशकै गौरवको विषय हो। नियमित अभ्यास, अनुशासन र अभिभावकहरूको साथले नै यस्तो सफलता सम्भव भएको हो।” उनले भविष्यमा अझ धेरै विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गराउने लक्ष्य रहेको उल्लेख गर्दै अबाकस र वैदिक गणित शिक्षालाई विद्यालयमा थप सुदृढ बनाइने बताए।



प्रतिक्रिया