आदिल आलमको निलम्बन फुकुवा गर्ने क्यानको तयारी

आदिल आलमको निलम्बन फुकुवा गर्ने क्यानको तयारी


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आदिल आलमको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ ।

त्यसका लागि एक हप्ताभित्र निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको सचिव पारस खड्काले जानकारी दिए ।

आदिलले म्याच फिक्सिङमा केही समयअघि जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका थिए ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा प्रहरीले २०७९ माघ ९ गते उनलाई पक्राउ गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।