सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय


काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।

बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो ।