सीटीईभीटीद्धारा स्वास्थ्यका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन खुल्ला

सीटीईभीटीद्धारा स्वास्थ्यका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन खुल्ला


काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८१/०८२ मा प्रि-डिप्लोमा र डिप्लोमामा छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।

सीटीईभीटीले सामान्य चिकित्सा, प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह डेण्टल साइन्स, रेडियोग्राफी, आयुर्वेदिक, अप्थाल्मिक, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी, योग तथा नेचुरोथेरापी, मिडवाइफ्री लगाएतका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।

छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले साउन ४ भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । सीटीईभीटीमा डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसीरएसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ।

स्वास्थ्य बाहेक अन्य विषय अध्ययन गर्न १.६ जीपीए ल्याएको भएको पुग्छ। प्रि-डिप्लोमाको अध्ययन गर्न भने मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलससी वा एसईई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनु पर्नेछ।

ग्रेडवृद्धि परीक्षामा समावेश हुने परीक्षार्थीहरूले समेत सीटीईभीटीको प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्। ग्रेड वृद्धि नभएमा प्रवेश परीक्षामा उत्तीर्ण भएपनि नतिजा स्वतः रद्द हुनेछ।