उरूग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

उरूग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा


काठमाडौं । उरूग्वेले कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार बिहान बोलिभियालाई ५-० गोलले पराजित गर्दै उरूग्वेले एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

बोलिभियालाई पराजित गर्ने क्रममा आठौं मिनेटमा फाकुन्डो पेलिस्त्रीको गोलबाट उरूग्वेले अग्रता लिएको थियो।

डार्विन नुनेजले २१ औं मिनेटमा, म्याक्सिमिलियानो अरउजोले ७७ मिनेटमा, फेडरिको भालभर्डेले ८१ मिनेटमा र रोद्रिगो बेन्टानकुरले ८९ औं मिनेटमा गोल गरे।

समूह ‘सी’ को अर्को खेलमा पानामाले अमेरिकालाई पराजित गरेको छ।

मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पानामाले अमेरिकालाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनल सम्भावना कायम राखेको हो।

पानामाको जितमा सिजर ब्ल्याकम्यानले २६ मिनेट र जोश फजार्डोले ८३ औं मिनेटमा गोल गरे।

अमेरिकाका फोलरिन बलोगनले २२ मिनेटमा गोल गरेका थिए।

पहिलो खेलमा उरूग्वेले पानामालाई ३-१ गोलले पराजित गरेको थियो भने अमेरिकाले बोलिभियालाई २(० गोलले पराजित गरेको थियो।

अब अन्तिम खेलमा उरूग्वेले अमेरिका र पानामाले बोलिभियासँग खेल्नेछ।