औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन

औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरेको जानकारी दिनुभयो ।

औषधी, उद्योग एवम् औषधीसँग सम्बन्धित निकायहरुको सञ्चालनको अवस्था, सेवाप्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्ड, औषधीको गुणस्तर, समस्या र चुनौती लगायतका विषयमा स्थलगत अनुगम गरी १५ दिनभित्र पेश गर्ने गरी समिती गठन गरेको डा. बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त समितिमा सदस्यहरु औषधी व्यवस्था विभागका महानिर्देशक, राष्ट्रिय औषधी प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, अनुगमन हुने जिल्लाको औषधी व्यवस्थाको कार्यालयका प्रमुख रहेका छन् । त्यसैगरी, सदस्य सचिवमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा रहनुभएको छ । गोरखापत्र