प्रभु बैंकका कर्मचारीहरूले नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारीहरूले नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट पाउने


काठमाडौँ । प्रभु बैंकका लेकर्मचारीहरूले हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

एक समारोहबिच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के।सी।र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंक लि।का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका विज्ञ डा।प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी विज्ञ डा।अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए । सो समारोहमा महिला कर्मचारीहरूको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।