बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य बीमा दर्ता प्रारम्भ

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य बीमा दर्ता प्रारम्भ


काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य बीमा दर्ता प्रारम्भ भएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा मिति २०८१ जेष्ठ ३० गते बुधबारदेखि स्वास्थ्य बीमा दर्ता प्रारम्भ भएको कार्यालयको सूचनामा उल्लेख छ ।

स्वास्थ्य बीमा दर्ता गर्न कागजात सहित वडा कार्यालयमा उपस्थित भई स्वास्थ्य बीमा गराउनुहुन सम्पुर्ण वडाबासीहरुलाई कार्यालयले अनुरोध समेत गरेको छ ।

स्वास्थ्य बीमा गर्न ईच्छुकहरुले परिवारका सम्पुर्ण सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नावालकहरुको हकमा जन्मदर्ता प्रमाणपत्र, परिवारका सम्पुर्ण सदस्यको पार्सपोर्ट साइजको फोटोका साथै लक्षित समूहको लागि सोको परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचयपत्र, दीर्घरोगीको परिचयपत्र र ७० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुको निःशुल्क बीमा दर्ता हुने वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे जानकारी दिएकी छन् ।

अन्य थप जानकारीको लागि बीमा दर्ता गर्न ईच्छुकहरुले कार्यालय सहयोगी बिष्णु गोदार थापालाई सम्पर्क गर्नुहुन समेत कार्यालयले अनुरोध गरेको छ ।